नेपाल टी-२० विश्वकप क्रिकेटमा छनौट,ओमान पनि पुग्यो


काठमाडौँ । नेपाल युएईलाई पराजित गर्दै टी-२० विश्वकप क्रिकेटका लागि छनौट भएको छ ।

काठमाडौँ मुलपानी क्रिकेट मैदानमा भएको आइसिसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टी—ट्वान्टी विश्वकपको यात्रा तय गरेको हो ।

सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा टि–२० विश्वकप हुँदैछ ।

सन् २०१४ पछि नेपाल विश्वकपका लागि छनौट भएको छ । यसअघि सन् २०२२ फेब्रुवरीमा यूएईकै घरेलु मैदानमा यूएईसँगै पराजित हुँदा नेपालको विश्वकप खेल्नबाट रोकिएको थियो ।

यसपटक भने घरेलु मैदानमा युएईलाई पराजित गर्‍यो । सन् २०१४ को विश्वकप खेलेपछि नेपाल पछिल्ला चार छनोटमा असफल भएको थियो ।

ओमान पनि अर्को वर्ष हुने टी २० विश्वकप क्रिकेटमा छनोट भएको छ । एसिया छनोट अन्तर्गत त्रिवि क्रिकेट मैदानमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमका लागि छनौट भएको हो । यससँग ओमान फाइनलमा नेपालसँग भिड्ने छ ।