राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्स,जर्मनी र इटालीको भ्रमण गर्ने


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटलीको भ्रमण गर्ने भएका छन् ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको हो ।

पौडेलले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिनेछन् ।त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्नेछन्।

कार्तिक २२ गते काठमाडौँबाट प्रस्थान गरेका राष्ट्रपति पौडेल मंसिर १ गते स्वदेश फर्कने छन् ।