नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पहिलो त्रैमासमा नाफा कति कमायो ?


काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८० ८१ को पहिलो त्रैमासमा १ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण यो गत वर्षको सोहि अवधिको तुलनामा ३३.४७ प्रतिशत बढी हो । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १४ करोड खुद नाफा आर्जन गरेको थियो ।

बैंकले ४ अर्ब १६ करोड खुद ब्याज आम्दानी आर्जन गरेको छ । त्यस्तै सञ्चालन नाफा ५९.९० प्रतिशतले बढेको छ । बैंकको सञ्चालन मुनाफा २ अर्ब ६० करोड ५४ लाख पुगेको छ ।

बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख र जगेडा कोषमा २५ अर्ब ८९ करोड ३८ लाख छ । बैंकको खराब कर्जा ४.८३ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १७.८४ रुपैयाँ रहेको छ भने, प्रतिसेयर नेटवर्थ पनि १७३.३७ रुपैयाँ रहेको छ ।