भूकम्प प्रभावित क्षेत्रमा यसरी गरिएको छ हेलिकप्टर र जहाज परिचालन


काठमाडौँ । सरकारले भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र जहाज परिचालन गरिएको छ ।

बिहानै उज्यालो भएदेखि नै भूकम्प प्रभावित रुकुम, जाजरकोट क्षेत्रको अवलोकन तथा व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहान ६ः४५ बजेट नेपाली सेनाको हेलिकप्टरबाट प्रस्थान गरेका थिए ।

उद्दारका लागि डाक्टर तथा उद्दार सामाग्री लिएर नेपाली सेनाको स्काई ट्रक, एमआई ८, हेलिकप्टर, नेपाली सेनाकै बेल हेलिकप्टर, ध्रुव हेलिकप्टर, भिभिआइपी विङको १ बेल हेलिकप्टर, नेपाल एअरलाईन्सको ट्विन अटर १ विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेका छन् ।

यस्तै सुर्खेतबाटै विहान १ हेलिकप्टर उडेको थियो । नेपाल वायुसेवाको जहाजले १८ जना घाइतेलाई नेपालगञ्ज पुराएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।