सहयोग, राहत र उद्दारमा परिचालन हुन अखिल नेपाल किसान महासंघद्वारा नेता कार्यकर्तालाई निर्देशन



काठमाडौँ । अघिल नेपाल किसान महासंघले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावित क्षेत्रमा सहयोग, राहत र उद्दारमा परिचालन हुन मातहतका निकायलाई निर्देशन दिएको छ ।

कार्यवाहक अध्यक्ष खडगबहादुर खड्काले विज्ञप्ति जारी गर्दै आ-आफ्नो तह र तप्काबाट परिचालन हुन निर्देशन दिएका हुन् ।

भूकम्पका कारण महासंघको घटक दुग्ध उत्पादक किसान संघले यही २० गते गर्न लागेको सडक प्रर्दशन कार्यक्रम समेत स्थागित गरिएको जनाएको छ ।

महासंघले सबै घाइतेको यथासिघ्र स्वास्थ्य उपचार, उद्दार र राहतको प्रभावकारी व्यवस्था गर्न समेत सरकारको ध्यानकर्षण गराएको छ ।