भूकम्पबाट घाइते १८ जनालाई नेपालगञ्ज लगियाे


काठमाडौँ । भूकम्पबाट घाइते भएका १८ जनालाई नेपालगञ्ज लगिएको छ ।

नेपाल वायुसेवा जहाजले १८ जना घाइतेलाई नेपालगञ्ज पुराएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । उद्दारका लागि नेपाल एअरलाईन्सको ट्विन अटर एउटा विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहान गएको थियो ।

भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि डेडिकेटेड अस्पताल तोकिएको छ भने व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताको लागि पनि नरेश श्रेष्ठलाई फोकल पर्सन (९८५११४३६६६) तोकिएको छ ।

कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको र भेरी अस्पताल , सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ।

कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । पर्याप्त मात्रामा डक्टर , नर्सिङ स्टाफ , र लजिस्टिक प्रबन्ध मिलाईएको छ ।