जाजरकोटमा अहिलेसम्म भूकम्पका ६ धक्का


काठमाडौँ । शुक्रबार राति जाजरकोट केन्द्र बनाएर गएको भूकम्पपछि हालसम्म साना ठूला गरी ६ वटा पराकम्पहरु गएका छन् ।

राति ११ बजेर ४७ मिनेट जाँदा गएको ६.४ म्याग्निचुटको भूकम्पपछि साना ठूला परकम्पहरू जाने क्रम जारी छ ।

राष्ट्रिय भूकम्म मापन केन्द्रका अनुसार त्यसयता पाँच पटक भूकम्प गएको छ । म्याग्निच्युट मापनमा यी परकम्पहरू ४ म्याग्निच्युटका थिए भने सबैभन्दा पछिल्लो ३.७ म्याग्निच्युटको बिहान १०ः४० मिनेटमा गएको हो ।