भूकम्पबाट घाइते २७ जना भेरी अस्पतालमा


बाँके । भूकम्पबाट घाइते भएर नेपालगञ्जको भेरी अस्पतालमा पुग्नेको संख्या २७ पुगेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पताल नेपालगन्ज २७ जना घाइतेलाई ल्याइ पुराइएको छ ।

भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि डेडिकेटेड अस्पताल तोकिएको छ भने व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताको लागि पनि नरेश श्रेष्ठलाई फोकल पर्सन (९८५११४३६६६) तोकिएको छ ।

कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको र भेरी अस्पताल , सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ।