कर्णालीलाई एनसेलकाे ५० लाख तत्काल सहयाेग, भुकम्प प्रभावित ग्राहकलाई ४० लाख बराबरकाे व्यालेन्स


काठमाडाैँ । एनसेल आजियाटा लिमिटेडले भुकम्प प्रभावितकाे राहतकाे लागि कर्णाली प्रदेश सरकारलाई रु ५० लाख तत्काल सहयोग गरेकाे छ ।

एनसेलले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न रकम उपलब्ध गराउने भएकाे हाे। भूकम्प प्रभावित तीन जिल्लाका सबै ग्राहकलाई थप रु ४० लाख ब्यालेन्स बराबारको सेवा निःशुल्क प्रदान गरिएकाे एनसेलले जनाएकाे छ।

एनसेलले भनेकाे छ, “ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पुर्व)मा रहेका ग्राहकहरुलाई रु ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराइने जानकारी गराउन चाहन्छौँ।”

उपलब्ध सेवामा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । समयसीमा १५ दिनको रहने जनाइएकाे छ।