चीन सरकारले २० कराेड बराबरकाे राहत सामग्री सहयाेग गर्ने


काठमाडाैँ । जाजरकोटमा केन्द्रबिन्दू भएकाे शुक्रवार रातीकाे भूकम्प प्रभावितका लागि चीन सरकारले सहयाेग घाेषणा गरेकाे छ। नेपालका लागि चिनियाँ राजदूत चेन सङले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा राजदूत सङले सहयाेग बारे जानकारी गराएका हुन्। साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट टेन्ट, ब्ल्याङ्केटलगायत सामग्रीहरू तत्काल राहतका लागि उपलब्ध गराउने बताएका हुन्।