आईएमई लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावित क्षेत्रमा १० लाख सहयोग


काठमाडौँ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्प प्रभावित क्षेत्रमा आर्थिक सहयोग गर्ने भएको छ ।

कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु १० लाख सहयोग गर्ने भएको हो ।

भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको र उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत पुगोस् भन्ने हेतुले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

पीडित परिवारहरू प्रति गहिरो समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरि सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले बताए ।