निफ्राको लाभांश घोषणा, नगद लाभांश कति ?


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९–८०का लागि आफ्ना सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

सोमबार बसेको निफ्रा सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७९–८०को वित्तिय विवरणअनुसार सञ्चित मुनाफाबाट लगानीकर्तालाई ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

निफ्रा चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने निफ्राले जनाएको छ।