उन्नती सहकार्य लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुला


काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आज कात्तिक २१ गतेदेखि पौने २ लाख कित्ता सेयर एफपीओ जारी गरेको हो ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता एफपीओ निष्काशन गरेको हो । नेपाल धितोपत्र बोर्डले असोज २६ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो।

एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। एफपीओमा कार्तिक २४ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

एफपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ बी प्लस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

साविक उन्नति लघुवित्तले सहकार्य लघुवित्तलाई गाभेपछि उन्नति सहकारी लघुवित्त बनेको हो । गाभ्ने गाभिने प्रर्कियापछि कम्पनीमा सनास्थापक र सर्वसाधारण शेयरधनीको अनुपात मिलाउन कम्पनीले एफपीओ निष्काशन गर्न लागेको हो ।