नेप्सेमा ११ अंकको गिरावट, कारोबार रकम ८३ करोडमा खुम्चियो


काठमाडौं । साताका कारोबारको अन्तिम दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ११.८५ अंकले घटेर १८५२.०८ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १.३६ अंकले घटेर ३५७.०४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसुमहको सेयरमूल्य घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड ७० लाख ८६ हजार ६ सय ७३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.९६ प्रतिशतले बढेको छ ।

त्यस्तै आज माउन्टेन इनर्जी नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.४८ अंकले घटेको छ ।

कुल २८२ कम्पनीको २८ लाख ३३ हजार ७ सय ३१ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६० लाख ५ हजार ६ सय ६५ रुपैयाँको कारोबार भएको