काठमाडौँ महानगरपालिकाका विभिन्न ठाउँमा स्वदेशी उत्पादनका फूल बिक्रीस्थल तोकियो


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका विभिन्न ठाउँमा स्वदेशी उत्पादनको सहुलियतमा फूल बिक्री खुल्ला भएको छ ।

काठमाडौ महानगर ,नेपाल फ्लोरीकल्चर एसोसिएसन , नेपाल चेम्बर अफ कमर्सले सयुक्त रुपमा काठमाडौको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा स्वदेशी उत्पादनको सहुलियतमा फूल बिक्री खुल्ला गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भनेका छन्,“नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिनेछ ।”

आजदेखि ४ दिनमा महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा स्वदेशी फूल बिक्रीका लागि ल्याउन र सो ठाउँबाट फूल माला खरिदका लागि आग्रह गरिएको छ ।

तोकेका ४ स्थानमा नेपाली फूलहरू मात्रै रहने र नेपाली फूल उत्पादक किसानलाई फूल बिक्रीका लागि काठमाडौँ महागरपालिकाले अवरोध नगर्ने भएको छ ।

फूल बिक्री स्थलको नेपाल फ्लोरीकल्चयर एसोसिएसन र चेम्बर अफ कमर्शको सयुक्त टोलिले अनुगमन गर्ने छन् ।