दाङको राप्ती गाउँपालिकाले प्रयोग भइसकेको सयपत्री फूल प्रतिकिलो रु ५० मा खरिद गर्ने


देउखुरी । दाङको राप्ती गाउँपालिकाले प्रयोग भइसकेको फूल खेर नफाल्न अनुरोध गरेको छ ।

पालिका प्रमुख प्रकाश विष्टले प्रयोग भइसकेको फूल तथा माला प्रतिकिलो रु ५० मा पालिकाले खरिद गर्ने जानकारी गराएका हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत् आव्हान गर्दै भनेका छन्, “फूललाई राप्ती गाउँपालिका को कार्यालय मा उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ । ”

सयपत्री फूलको प्रयोग पूजा आरधना र माला लगाउनमा मात्र नभएर अरु थुप्रै ठाउँमा गर्न सकिने भएकाले यसको सदुपयोगमा पालिकाले तदारुकता देखाएको हो ।