मङ्सिर महिनाका वाणिज्य बैंकले ब्याजदर ताेके,६ ओटाको स्थिर


काठमाडौं । धेरैजसो वाणिज्य बैंकले मङ्सिर महिनाका लागि ब्याजदर घटाएका छन् ।

कात्तिकको तुलनामा मङ्सिरमा व्यक्तिगत मुद्दति र संस्थागत मुद्दति निक्षेपमा व्याजदर घटाएका हुन् ।

औषतमा व्यक्तिगत मुद्दतिमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतिमा औसत ०.३०६६ प्रतिशतले ब्याजदर घटेको छ ।

व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १३ ओटाले ब्याजदर घटाएका छन् भने माछापुच्छ्रे बैंकले मात्रै बढाएको छ ।

६ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् ।

माछापुच्छे बैंकले मङ्सिरका लागि बचतमा ५.६० देखि ८.६० प्रतिशत ब्याज दिने भएको छ । मुद्दति निक्षेपमा माछापुच्छ«ेले व्यक्तिगततर्फ १०.६ प्रतिशत र संस्थागततर्फ ८.६ प्रतिशत बनाएको छ ।

कात्तिकमा माछापुच्छ्रेको व्यक्तिगत निक्षेपतर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.४९ प्रतिशत ब्याजदर थियो ।

मङ्सिरमा ब्याजदर घटबढ नगर्नेमा नेपाल बैंक, लक्ष्मी सनराइज, कुमारी,सिटिजन्स, सिद्धार्थ, र प्राइम कमर्सियल बैंक रहेका छन् ।

उनीहरूले कात्तिकको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।

नेपाल बैंकले मङ्सिरमा व्यक्तिगत निक्षेपमा ९.२२ र संस्थागततर्फ ७.२२ प्रतिशत, सिटिजन्स बैंकले व्यक्तिगततर्फ ९.९५ र संस्थागततर्फ ७.९५ प्रतिशत, सिद्धार्थले व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइजले व्यक्तिगततर्फ १० र संस्थागततर्फ ८ प्रतिशत, कुमारीले व्यक्तिगततर्फ १०.०१ र संस्थागततर्फ ८.०१ प्रतिशत र प्राइम बैंकले व्यक्तिगततर्फ १०.२५ र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याज दिनेछन् जुन कार्तिकको निरन्तरता हो ।

सबैभन्दा बढी व्याजदर एनआइएसी एशिया बैंकले घटाएको छ ।

कात्तिकमा व्यक्तिगततर्फ ११.००३ र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याज दिएको एनआइसी इसियाले मङ्सिरका लागि व्यक्तिगततर्फ ८.९६ र संस्थागततर्फ ६.९६ प्रतिशत तय गरेको छ ।

कात्तिकमा व्यक्तित तर्फ ११.००३ र संस्थागत तर्फ ९.००३ प्रतिशत व्याज दिएको एनएमबि बैंकले मंसिरमा व्यक्तिगततर्फ ९.७६ र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर तोकेको छ ।

र राष्ट्रिय वाणिज्य,एभरेष्ट, प्रभु, सानिमा बैंकले व्यक्तिगततर्फ ९ र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको मंसिरका लागि व्यक्तिगत निक्षेपतर्फ ८.९७ र संस्थागततर्फ ५.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ९.१ र संस्थागततर्फ ७.१ प्रतिशत, कृषि विकासले व्यक्तिगततर्फ ९.५१२ र संस्थागततर्फ ७.५१२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले व्यक्तिगततर्फ ९.५१ र संस्थागततर्फ ७.५१ प्रतिशत तथा ग्लोबल आइएमईले व्यक्तिगततर्फ ९.६ र संस्थागततर्फ ७.६ प्रतिशत ब्याजदर तोकेको छ ।

हिमालयन र नेपाल एसबिआईले मंसिरका लागि व्यक्तिगत निक्षेपमा १०.६३ प्रतिशत र संस्थागततर्फ ८.६० प्रतिशत ब्याज दिने भएका छन् ।