सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको मुनाफा १२८ प्रतिशतले बढ्यो


काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको मुनाफामा उछाल आएको छ । कम्पनीको सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८००८१ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनीको मुनाफामा १२८.३८ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको नाफा १२८.३८ प्रतिशतले बृद्धि भएर ११ करोड ८ लाख रुपैयाँ पुगेको छ। गत आवको सोहि अवधिसम्ममा कम्पनीको नाफा ४ करोड ८५ लाख रुपैयाँ थियो ।

चालू आवको प्रथम त्रैमाससम्ममा कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले ८ करोड २७ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने १ अर्ब ४३ करोड खुद बीमा शुल्क संकलन गरेको छ । कुल बीमा शुल्क संकलन १६०।१६ प्रतिशतले बृद्धि भएको छ ।

उक्त अवधिसम्ममा कम्पनीले अभिकर्ता कमिशनमा १५ करोड १२ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ७ करोड २० लाख रुपैयाँ खर्च गरेको थियो ।

कम्पनीले ८२ करोड ४६ लाख सञ्चित कोषमा राखेको छ । त्यस्तै अन्य इक्वीटी कोषमा १ करोड ९९ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कोष भने ८।३१ प्रतिशतले बृद्धि भएर ११ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।

गत अािर्थक वर्षमा कम्पनीको जीवन बीमा कोष १० अर्ब ९१ करोड रुपैयाँ थियो । कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १०.६० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ भने १२२.७६रुपैयाँ रहेको छ ।