नेपाली कांग्रेस सहकारी विभागमा देवेन्द्रराज कँडेल नियुक्त


काठमाडौँ । नेपाली कांग्रेसको सहकारी विभागमा देवेन्द्रराज कँडेल नियुक्त भएका छन् ।

केन्द्रीय सदस्य कँडेललाई सभापति शेरबहादुर देउवाले विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा कँडेललाई नेपाली कांग्रेसको विधान,२०१७ (संसोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम सहकारी बिभागको प्रमुखमा नियुक्त गरेको उल्लेख छ ।