सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार (आज) सुनको मूल्य स्थितर रहँदै छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।