नेपाल एसबिआई बैंकको लाभांश घोषणा


काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले १०.५५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

मंसिर १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३.७५ प्रतिशत बोनस र ६.८० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।