निर्देशिका अनुसार ट्रोल गर्न नपाइने


काठमाडौँ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार ट्रोल गर्न नपाइने भएको छ ।

मन्त्रिपरिषद्‌ बैठकबाट कात्तिक २३ गते स्वीकृत सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० मा सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न वा गराउन नहुने कार्यमा तस्विर सेयर गर्ने तथा ट्रोल बनाइ प्रकाशन प्रसारण गर्न वा गराउन नहुने उल्लेख गरिएको छ ।

अरुलाई होच्याउने नियतले अपमानजनक शब्द श्रव्यदृश्य, तस्विर ट्रोल बनाई घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्ने वा हेट स्पीच मानिने कार्य गर्न र गराउन नहुने जनाइएको छ ।

यस्तै, सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सुचीकरण गर्न पर्ने भएको छ । सूचीकरण नभएका सामाजिक सञ्जाललाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने छ ।