डिजिटल कारोबार सम्पन्न नभई खाताबाट मौज्दात घटेको अवस्थामा एकदिनमा पैसा फिर्ता गर्नुपर्ने


काठमाडौँ । डिजिटल कारोबार गर्दा सफल नभए एकदिनमा सेटलमेन्ट गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन २०८० अनुसार कारोबार सम्पन्न नभई खाताबाट मौज्दात घटेको अवस्थामा जारीकर्ता र प्राप्तकर्ता एउटै संस्था भएमा कारोबार भएको अर्को दिन सेटलमेन्ट गर्नुपर्ने भएको हो ।

यस्तै, जारीकर्ता र प्राप्तकर्ता फरक फरक तर दुबै संस्था नेपाली भएमा तीन दिन भित्र सेटलमेन्ट गरिसक्नु पर्ने उल्लेख गरिएको छ ।

समयसीमाभित्र सेटलमेन्ट गर्ने गराउने दायित्व जारी गर्ने र प्राप्त गर्ने दुबै संस्थाको हुने जनाइएको छ ।