व्यवसायीहरुको आत्मबल बढाउन पुँजीगत खर्च बढाएर लगानी मैत्री वातावरण बनाउनुपर्छ: अध्यक्ष ढकाल


काठमाडौँ । सरकारले व्यवसायीहरुको आत्मबल बढाउन पुँजीगत खर्च बढाएर लगानी मैत्री वातावरण बनाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि गरेको महासंघका अध्यक्ष ढकालले सरकारले गर्नुपर्ने काममा सुझाव दिँदै व्यवसायीहरुको आत्मबल कमजोर भएको कारण आत्मबल बढाउन राज्यले पुँजी खर्च बढाएर लगानीमैत्री वातावरण बनाउँदै आर्थिक गतिविधि बढाउन आवश्यक रहेको बताएका हुन् ।

ढकालले कामलाई तिब्र गर्नुपर्ने समयमा अराजक गतिविधि बढ्न थालेको कारण अराजक गतिविधि समयमै नियन्त्रण नगरे पर्यटक र विदेशी लगानीलाई पनि गलत सन्देश जाने बताएका छन् ।

विदेशिनेहरुमा साना व्यवसाय वा कृषि गरिरहेका युवाहरु बढि रहेको उल्लेख गरेका छन् । साना तथा मझौला व्यवसायीका सटरहरु वन्द भएको, कृषि उत्पादनले थप बजार गुमाउँदै गएकोले सरकार, निजी क्षेत्र र सर्वसाधारण तीन वटै क्षेत्र समस्यामा रहेको महासंघको निश्कर्ष रहेको छ ।

मागमा संकुचन भैरहेको कारण उद्यमी व्यवसायीमा चरम निराशामा रहेको र व्यवसायीले लगानीको नभइ पलायनको योजना बनाइरहेका बताएका छन् ।