सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो


काठमाडौँ । बुधबार सुन मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य एक लाख १६ हजार ५०० रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रति तोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।