काठमाडौँ । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बैंकको कम्पनीको मंसिर ७ गते बसेको ४९१औं सञ्चालक समिति बैठकले केसीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
निर्वतमान अध्यक्ष डा. उपेन्द्र महतोले राजीनामा दिएसँगै सो जिम्मेवारी केसीलाई दिएको हो ।
केसी ९ वर्ष देखि बैंकमा आबद्ध भएका थिए । उनी यस अघि २०७४ वैशाख १४ देखि २०७५ पुष २० माछापुच्छ्रे बैंकका अध्यक्षमा रहेका थिए । उनी अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।
केसी हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध छन् ।
प्रतिक्रिया दिनुहोस्