गरिमा विकास बैंक १७ औं वर्षमा प्रवेश


काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले विहीबार आफ्नो स्थापनाकालको १६औं बर्ष पूरा गरि १७ औं वर्षमा प्रवेश गरेको छ ।
बैंकले ुएक्सेस टु अलु मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार यस विकास बैंकले रु ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब रु. ६८ अर्ब कर्जा लगानीमा रहेको छ ।

यस विकास बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन निम्न १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ ।