पुस २० देखि गण्डकी प्रदेश स्तरिय कृषि यान्त्रिकरण मेला हुने


काठमाडौँ । आगामी पुस २० देखि २२ गतेसम्म प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रर्दशनी-२०८० सम्पन्न हुने भएको छ । 

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले पहिलो पटक प्रदेश स्तरमा यान्त्रिकरण मेला गर्न लागेको हो । यसअघि हरेक वर्ष राष्ट्रिय रूपमा मेला सम्पन्न भइरहेकोमा यो वर्षदेखि प्रदेश स्तरिय मेला थालनी गर्न लागिएको नामियाले जनाएको छ । 

कृषि यान्त्रिकरण प्रदर्शनीका लागि कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा र पोखरा महानगरपालिकाले साथ दिने भएका छन्। नामियाले बिहीवार दुबै संस्थासँग छुट्टाछुट्टै सम्झौता सम्पन्न गरेको छ। 

कृषि यान्त्रिकरणको प्रचुर आवश्यकता रहेकाले यान्त्रिकरण प्रवर्धन गर्न प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने नामियाका अध्यक्ष कृष्ण शर्माले बताए । कार्यक्रमको विस्तृत खाका तयारी थालिएको उनले बताए।