सिप्रदीको सर्टिफाइड ग्यारेज अब गाईघाटमा पनि


काठमाडौँ । नेपालका लागि टाटा मोर्टसको एक मात्र आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका लागि गाईघाटमा लक्ष्मी इन्टरप्राइजेज लाई सर्टिफाईड ग्यारेजको मान्यता प्रदान गरेको छ ।

मंसिर ६ गते टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका सार्क रिजन हेड राजिव शर्मा तथा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले एक विशेष समारोहबिच उक्त वर्कसपको उद्घाटन गरे ।

सम्पूर्ण टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई सहज तथा आफ्नो स्थान पाएक सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्य अनुरुप सर्टिफाइड ग्यारेज अवधारणाको विकास भएको हो । हाल नेपालभरी १५ वाट सर्टिफाइड ग्यारेजलाई मान्यता प्रदान गरी ग्राहकहरुलाई सहजरुपमा सेवा तथा सुविधाहरू प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

नेपालभरी विभिन्न स्थानमा सर्टिफाइड ग्यारेज स्थापना गर्ने योजना कम्पनीको रहेको छ । नेपालभरी सिप्रदीको २६ वटा सर्भिस सेन्टर, ७ वटा आधिकारिक सर्भिस सेन्टर, १५ वटा सर्टिफाइड ग्यारेज र १०० भन्दा बढी आकस्मिक मर्मत सेवा केन्द्रहरु रहेका छन् ।

उक्त अवसरमा टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका सार्क रिजन हेड राजिव शर्माले टाटा गाडी बिक्रि गर्नु मात्र आफ्नो उदेश्य नभई बिक्रि पछिको सेवा तथा सुविधाहरुमा पनि ग्राहकहरुको आजको आवश्यक्तालाई पहिचान गरी त्यस आवश्यक्तालाई कसरी परिपूर्ती गर्न सकिन्छ भन्ने कुरामा त्यतिकै जोड दिएको बताए ।