नयाँ नेतृत्वकाे तयारीमा नाडा


काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४७ औं साधारण सभा पुस २० र २१ हुने भएको छ ।

हिजो (सोमबार) बसेको नाडाको कार्यसमिति बैठकले ४७ औं साधारण सभा आगामी पुस २० र २१ गते काठमाडौँमा आयोजना हुने जनाएको छ । उक्त साधारण सभाले अगामी दुई वर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

चुनाव र नयाँ नेतृत्वको चर्चा भइरहे पनि हालसम्म अध्यक्ष पदका लागि उमेद्वारी घोषणा गरेका छैनन् । निर्वाचनको मिति हिजाे मात्रै घोषणा भएको कारण अबको एक दुई दिनमा नै अध्यक्षको उमेदवारको टुङ्गो लाग्ने नाडाले जनाएकाे छ ।

साधारण सभामा निर्वाचनमार्फत एक अध्यक्ष, १७ जना सदस्यको निर्वाचित हुनेछन्। निर्वाचित सदस्यहरू मध्यबाट पदाधिकारीको निर्वाचन हुने व्यवस्था नाडाको विधानमा छ ।