सुनको मूल्यमा नयाँ रेकर्ड


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक लाख १७ हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार ३०० रुपैयाँले बढेको हो ।

मंगलबार तेजावी सुनको मूल्य एक लाख १७ हजार १५० रुपैयाँ रहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।

चाँदी प्रतितोला एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य स्थिर रहेको छ ।