आधा घण्टा कारोबार थपिएको नेप्सेमा १७ अंकको गिरावट


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक १७.९३ अंकले घटेर १८७६.६० अंकमा झरेको छ ।
नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये एउटा उपसमुहबाहेर सबै उपसमुह राताम्ये बनेका छन् ।
बुधबार कारोबार रकमको आधारमा सोनापूर मिनरल्स एण्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ ।
आजको दिन विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको सेयरमूल्य ९.८८ प्रतिशतले बढेको छ ।
त्यस्तै आजको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लागनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
कुल २८५ कम्पनीको ३३ लाख ५९ हजार ६ सय १ कित्ता सेयर कारोबार हुँदा १ अर्ब १ करोड ४१ लाख ९५ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।