फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगदसहित कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीले प्राप्त गर्ने छन् ।