एनएमबी बैँकका छ शाखामा र्‍याम्प स्थापना


काठमाडौँ। एनएमबी बैँकका छ शाखामा र्‍याम्प स्थापना गरिएको छ। विश्व अपाङ्गता दिवसको अवसरमा सूचना जारी गर्दै  ह्विलचेयर पहुँचयोग्य शाखा बारे जानकारी गराएको हो।

महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र विरगन्ज शाखाहरूमा र्‍याम्प स्थापना गरिएको हो । बैँकले भनेको छ, “आगामी दिनमा सहजता र समावेशिता प्रति प्रतिबद्ध रहँदै पहुँचयोग्य शाखाहरु निर्माण गर्न अग्रसर रहने छौँ ।”

शाखाहरूमा सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गरी सबैको पहुँच विस्तार गर्न थप शाखामा सुविधा विस्तार गर्ने जनाएको हो।

Skip This