५० प्रतिशत हकप्रद जारी गर्ने तयारीमा पिपुल्स पावर


काठमाडौं । पिपुल्स पावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना मर्मतसम्भार तथा नयाँ आयोजना निमार्णका लागि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीको गत मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले १ :०५ अनुपातमा ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको १ः०५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । विद्युत् नियमन आयोगबाट स्वीकृती प्राप्त भएपछि आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आयोजनाको मर्मत संभार, भुक्तानी गर्न बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सृजना गरी राष्ट्रिय पूँजी बृद्धि गर्न आवश्यक पर्ने रकम हकप्रदबाट जुटाउने निर्णय गरेको हो ।