आचार्य समाजको केन्द्रीय प्रवक्तामा रामहरी


काठमाडौँ । आचार्य बन्धु समाज नेपालको केन्द्रीय कार्यसमितिको बैठकले आचार्य बन्धु समाज नेपालको केन्द्रीय प्रवक्तामा रामहरी आचार्यलाई चयन गरेको छ ।

समाजको केन्द्रीय कार्य समितिको बैठकले नेपाल सरकारका सेवा निबृत्त अधिकृत तथा समाजसेवी आचार्यलाई प्रवक्ता चयन गरेको हो ।

देशभर ७७ वटै जिल्ला, सातै प्रदेश तथा आचार्यहरू भएको देशभरका स्थानीय तहमा आवश्यक परे वडामा समेत बिस्तार गर्दै गरेको आचार्य बन्धु समाज नेपालले संगठन बिस्तार र जिम्मेवारी बाँडफाँडलाईसमेत तीब्रता दिएको छ ।

रामहरी आचार्य एक अध्ययनशील, अनुभवि तथा आचार्य समाजसम्बन्धी ज्ञान भएकोले उहाँले सही जिम्मेवारी पाउनुभएको केन्द्रीय महासचिव शुभनराज आचार्यले बताए ।

केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा बसेको बैठकले सर्बसम्मत् रुपमा अध्यक्ष आचायले राखेको प्रस्तावअनुसार केन्द्रीय सदस्यसमेत रहेका नयाँ बानेश्वर काठमाडौं निवासी रामहरी आचार्यलाई केन्द्रीय प्रवक्ता चयन गरेको हो । प्रवक्ता आचार्यको नम्बर ९८५१२४०३०७ रहेको छ ।