पशुपतिनाथमा शतबीज छर्नेकाे घुइँचाे (फाेटाेफिचर)


काठमाडाैँ। दिवङ्गत पितृको सद्गतिको कामना गर्दै आज पशुपतिनाथ मन्दिरमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन साेमवार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन् ।

बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति छ। हिन्दु धर्मालम्बीहरूले आफ्ना दिवङ्गत भएका पूर्खाहरूका मुक्तिका लागि शत बीज छर्ने गर्दछन् । शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोको प्रयोग गरिन्छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

शब्द/तस्बिरः पुष्पा पाल