प्रभु क्यापिटलका हितग्राही ग्राहकका लागि आगन्तुक रिसोर्टमा छूट


काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र आगन्तुक रिसोर्ट बिच छूट अफरका लागि सम्झौता भएको छ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि छूटको अफर ल्याएको हो ।

सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ्ग डाईरेक्टर सुरज बिष्टले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरुले आगन्तुक रिसोर्टबाट सेवा लिदा सबै सेवाहरुमा १५ प्रतिशत छूट अफर पाउने जनाइएको छ ।

हितग्राही ग्राहकहरुले समझौता अवधिदेखि आगामी एक बर्ष अर्थात २३ मंसिर २०८१ सम्मका लागि रिसोर्टमा यो छूट अफर पाउने उल्लेख गरिएको छ । अफरबाट लाभ लिने रिसोर्टमा प्रभु क्यापिटलमा आफ्नो डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो् आईडी कार्ड देखाउनु पर्नेछ जसको आधारमा रिसोर्टले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ ।

धुलिखेल आउनुअघि बनेपा नगरपालिका, भ्यू टावर मार्ग, काभ्रेमा रहेको आगन्तुक रिसोर्ट काठमाडौबाट झन्डै ३२ किलोमिटरमा ७२ रोपनीमा फैलिएको छ । चार वर्ष अघि स्थापना भएको यो रिसोट बुटिक स्टाईल ४ स्टार डिलक्स रिसोर्टका रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने एक प्रमुख रिसोर्ट बनेको छ ।