सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी राजकुमार मोरसँग २५ लाख रुपैयाँ धरौटी माग


काठमाडौँ । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले राजकुमार मोरलाई २५ लाख रुपैयाँ धरौटी मागेको छ ।

आज भएको थुनथेक बहसमा मोरलाई २५ लाख रुपैयाँ धरौटी माग गरिएकाे हो ।

न्यायाधीस हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ, उमेश कोइरालाको इजलासले मोरलाई धरौटी माग गरेर रिहा गर्न आदेश दिएको हो ।

उनीविरुद्ध सम्पत्ति शूद्धीकरण विभागले २७ करोड ६९ लाख रुपैयाँ विगो कायम गरेर मुद्दा दायर गरेको थियो ।