नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीद्वारा राजीनामा


काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।

थानीले आज दिउँसो वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर राजीनामा बुझाएका छन् । राजीनामा स्वीकृत भने भएको छैन ।

२७ मङ्सिरबाट लागू हुनेगरी कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएका हुन् ।

उनले राजीनामा दिनुको कारण भने खुलेको छैन । वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले थानीले राजीनामा दिएको पुष्टि गरेका छन् ।