काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठले नेपाल कम विकसित देश रहेकोले प्रत्यक्ष वैदेशिक लगानी कम आउने गरेको बताएका छन् ।
राष्ट्रिय योजना आयोगले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले कम विकसित भएकोले कस्तो अवस्था छ ?, के छ ?, कसरी हुन्छ ? भन्ने हिसाबमा हेरेकोले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी कम आउने गरेको बताएका हुन् ।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आउनको लागि कम विकसित देशबाट स्त्तरोन्नती हुनु पर्ने बताएका हुन् ।
नेपाल सन् २०२६ मा कम विकसित देशबाट स्त्तरोन्नती हुँदै छ । स्त्तरोन्नती भएपछि नेपालले सामान निर्यातमा पाउँदै आएको छुट नपाउने भएकोले समस्या हुने बताउने गरिन्छ । यस विषयलाई मध्यनजर गर्दै उनले नेपाल कम विकससित देशबाट स्त्तरोन्नती भए प्रत्यक्ष वैदेशिक लगानी बढ्न सक्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्