‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३’आजदेखि विराटनगरमा सुरू हुँदै‘


काठमाडौँ । आजदेखि मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३’ विराटनगरमा सुरू हुँदैछ । मोरङ व्यापार संघको आयोजनामा हुने एक्स्पोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

एक्स्पो आजदेखि पुस १६ सम्म सञ्चालन हुनेछ। एक्स्पोमा कृषिजन्य उत्पादन, पर्यटन, हस्तकला, अटोमोबाइल र औद्योगिक प्रदर्शनी हुनेछ। एक्स्पोमा २४० वटा स्टल रहने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए।

एक्स्पोमा १० दिनमा १५ करोडभन्दा बढीको कारोबार हुने अनुमान आयोजकको रहेको छ। एक्स्पोलाई ५ लाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

एक्स्पोमा पाकिस्तानी लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामानमा ५ देखि १० प्रतिशतसम्म छुट हुने आयोजक समितिले जनाएको छ ।