मुनाफा सञ्चित गर्दै मेरो माइक्रोफाइनान्स र मिथिला लघुवित्त


काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९ –८० को मुनाफा वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो ।

कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरी गत आवको वित्तीय विवरण स्वीकृतीको लाभांश नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने १०५ बोनस सेयर र १०५ नगद गरी कुल २०५ लाभांश वितरण गरेको थियो ।

त्यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाले पनि गत वर्षको मुनाफा वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गत अािर्थक वर्षको मुनाफा सञ्चित गर्ने निर्णय गर्दै वार्षिक साधारण सभा बोलाएको छ ।