सात प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनबाट सम्मानित


काठमाडाैँ । सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई आईएफएन (आईसीटी फाउन्डेसन नेपाल) प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा सात प्रदेशका सात स्टार्टअपलाई आईएफएन प्रोभिन्स स्टार्टअप आइसिटी आइसिटी रिकग्निसनबाट सम्मान गरिएको हो । 

सातै प्रदेशका स्टार्टअपलाई सम्मान र प्रोत्सान गर्ने उद्देश्यले प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ प्रदान गरिएको छ । यस विधामा गत पाँचवर्षको अवधिमा सञ्चालन भएका स्टार्टअप सहभागी हुन पाउने व्यवस्था थियो । 

यस वर्ष कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्स बि मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेष्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मानित भएका छन् । 

स्थानीय इकोसिस्टम बलियो बनाउने उद्देश्यले आइसिटी अवार्डले केही समय सातै प्रदेशमा सम्बन्धित प्रदेशका स्टार्टहरूसँग मिटअप तथा अन्तर्क्रिया कार्यक्रम गरेको थियो । 
त्यसपछि सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई काठमाडौं किंग्स कलेजसँगको सहकार्य बुटक्याम्प तथा मेन्टरिङ सेसन सञ्चालन गरिएको थियो । उनीहरूलाई नेपालका उत्कृष्ट आईटी कम्पनीको भ्रमण समेत गराइएको थियो । 

यस बाहेक काठमाडौंमा २ दिनसम्म सञ्चालन भएको स्टार्टअप एण्ड आईडिया फेस्टमा सातै प्रदेशका स्टार्टअपले आफ्ना प्रडक्ट तथा सेवा प्रदर्शनीमा राखेका थिए । 

यस्ता छन् अवार्ड पाउने सात प्रदेशका सात स्टार्टअप

ट्रयाकअन नेपाल

कोशी प्रदेशको स्टार्टअप ट्रयाक अन नेपाल, जीपीएस ट्रयाकिङ तथा फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्दै आएको आईटी कम्पनी हो । 

एड्स बी मिडिया प्रालि​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​

एड्ड बी मिडिया मधेश प्रदेशको वीरगंजमा रहेको डिजिटल मार्केटिङ एजेन्सी हो । कम्पनीले डिजिटल मार्केटिङका साथै वेब डिजाइन र डेभलपमेन्टको सेवा समेत दिदै आएको छ । 

हर्टसन टेक्नोलोजी

​​​​​​​बागमती प्रदेशको भरतपुरमा रहेको आईटी कम्पनी हो, हर्टसन टेक्नोलोजी । हस्पिटल, फार्मेसी, स्कुल, रेष्टुरेन्ट, वाटर व्यवस्थापनका लागि आफ्नै प्रडक्ट विकास गरेको हर्टसनले विभिन्न आईटी सेवा समेत प्रदान गर्दै आएको छ । 

रेष्ट्रो एक्स

गण्डकी प्रदेशको रेष्ट्रो एक्स, रेष्टुरेन्ट सञ्चालनमा सघाउने सफ्टवेयर हो । यसले एउटै सिस्टममा अडर, बिलिङ, इन्भेन्ट्री, स्टाफ, अकाउन्ट लगायत व्यवस्थापन सुविधा उपलब्ध गराउँदै आएको छ । 

टुना टेक्नोलोजी

​​​​​​​टुना टेक्नोलोजी लुम्बिनी प्रदेशमा रहेर काम गर्दै आएको सूचना प्रविधि स्टार्टअप हो । कम्पनीले सफ्टवेयर डेभलपमेन्ट, इन्टरप्राइज सोलुसन र डिजिटल मार्केटिङ सेवा प्रदान गर्दै आएको छ । 

कर्णाली एरोमा प्रालि

​​​​​​​कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेर काम गरिरहेको स्टार्टअप हो, बायो कर्णाली एरोमा । एरोम्याटिक र मेडिसिनल प्लान्टहरूमा वैज्ञानिकसँगै उन्नत प्रविधिको  प्रयोग गरी कम्पनीले विकास गरेका गुणस्तरीय प्रडक्ट विदेशमा समेत निर्यात भइरहेका छन् । 

नीम इन्फोसिस

​​​​​​​सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा रहेको आईटी स्टार्टअप हो, नीम इन्फोसिस । यसले विभिन्न किसिमका आईटीका सेवाहरू प्रदान गर्नुका साथै डिजिटल मार्केटिङ सेवा समेत दिदै आएको छ ।