अख्तियारलाई टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न लेखा समितिको निर्देशन


काठमाडौं । टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । समितिलको बुधबार बसेको बैठकले अख्तियार दुरुपयोग अनसन्धान आयोगलाई उक्त प्रकरणको अनुसन्धान गर्न निर्देशन दिएको हो ।

समितिले उक्त प्रकरणको अनसन्धान प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन भनेको छ ।

लेखा समितिले टेरामक्स प्रणाली खरिदबारे बुधबार नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीहरुसँग छलफल गरेको थियो । समितिले खरिद प्रक्रियामा १५ प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको छ ।