काठमाडौँ । रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँवर्ष २०२४ को अवसरमा आफ्ना ग्राहकहरुका लागि बम्पर योजना सार्वजनिक गरेको छ ।
यस अन्तर्गत नयाँ वर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म नै इन्धन उपहारमा दिने कम्पनीले जनाएको हो ।
बम्पर योजना अन्तर्गत अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरु हुने दिन (पुस १५ गते राती १२ बजे) देखी ३० दिनसम्म सो अटोमोबाइल्स मार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकले पनि सन् २०२४ भरि नै हरेक महिना इन्धन खरिदको लागि २ हजार २४ रुपयाँ प्राप्त गर्ने छन । यस्तो नगद उपहारको अलावा हरेक ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने रेसिङ अटोमोबाइल्सका अध्यक्ष रुद्र ढुङ्गेलले जानकारी दिएका छन ।
उनका अनुसार यस्तो सुबिधा र उपहार प्राप्त गर्न खरिदकर्ताले तोकिएको समय भित्र प्रत्यक्ष रूपमा अटोमोबाइल्सको सो रुम तथा बिक्री कार्यालयमा उपस्थित भएर वा कुनैपनि डिजिटल भुक्तानी मार्फत गाडी बुकिङ्ग गरेको हुनुपर्ने छ । कम्तिमा २५ हजार रकम बुझाएर गाडी बुकिङ्ग गर्ने ग्राहक यस्तो उपहार र सुबिधाको हकदार हुने कम्पनीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्