काठमाडौँ । इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन निर्माता एथर इनर्जीले जनवरी ६ मा ‘४५० एपेक्स’ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले हालै आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा यसबारे जानकारी दिएको छ ।
यसको बुकिङ डिसेम्बर १९ बाट सुरू भएको छ जसका लागि ग्राहकले २५०० रूपैयाँमा बुक गर्न सक्ने कम्पनीले जनाएको छ । यद्यपि, यसको डेलिभरी भने २०२४ मार्चमा हुने सम्भावना रहेकाे जनाइएकाे छ।
कम्पनीले गत वर्ष घरेलु बजारमा सस्तो इलेक्ट्रिक स्कुटर ४५० एस ल्याएको थियो । यद्यपी यसबारे थप जानकारी भने दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस्