बम्जनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी रुपैयाँ बरामद


काठमाडौं। बलात्कार र हत्या गरेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको बुढानीलकण्ठस्थित निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) बुढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको जनाएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली ३ करोड रूपैयाँ र विदेशी मुद्रा समेत फेला परेका हो ।

नगदसहित उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद गरिएको ।

बमजनमाथि आश्रममा बस्दै आए ३ जना आनी र २ जना चेलालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको प्रहरीमा जाहेरी परेका छन्। सीआईबीले केही वर्षयता निरन्तर उनको खोजी गरिरहेको थियाे।

प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो। प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए।