हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.६३ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ६.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भएपछि वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।