इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबिच साझेदारी


ललितपुर। सहकारी संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रा. लि. र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबिच कोर बैकिङ्ग प्रणाली (इन्फिनिटी) प्रयोग गर्ने समझदारी भएको छ।

लगनखेलस्थित संघको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट सेल्स म्यानेजर अनिश कुमार झा र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका कोषाध्यक्ष बसन्त मालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा ललितपुर जिल्ला संघका कोषाध्यक्ष बसन्त मालीले खुसी जनाएका छन्।

यसैगरी ललितपुर जिल्ला संघका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भिम खड्काले यस साझेदारीले ललितपुरका सहकारीलाई डिजिटलाइज एवं स्वचालित बनाउने बताएका छन्।

इन्फोडेभलपर्सका सेल्स म्यानेजर अनिश कुमार झाले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषेढुङ्गा सावित हुने आशा व्यक्त गरेका छन्। साथै आगामी दिनमा अन्य जिल्ला सहकारी संघहरुसँग समेत सहकार्य गर्दै जाने उनले बताए ।

सन् २००२मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रा.लि., सहकारी र बैंक तथा बित्तिय संस्थाहरुको लागि कोर बैकिङ्ग प्रणाली, मोबाइल बैकिङ्ग तथा स्वचालित कार्यलय सन्चालन प्रणालि विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो । इन्फिनिटी सहकारीका लागि कोर बैंकिङ्ग प्रणाली (सिबिएस) हो जसले सहकारीहरुलाई प्रविधिमैत्री बनाउन सहयोग गर्ने कम्पनीले जनाएकाे छ।